चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित

  म्याग्दी न्युज संवाददाता

म्याग्दी  । म्याग्दीको रघुगंगा गाउँपालिका– ७,चिमखोलामा पहिरोले चार घरपरिवार विस्थापित भएका छन् । आज दिउँसो गएको पहिरोले घर उच्च जोखिममा परेका लिबहादुर पुन, दिलबहादुर तिलिजा, नरबहादुर तिलिजा र लालबहादुर पाईजाको परिवार विस्थापित भएका हुन् ।

चिमखोलाको गैराबारी टोलमा गएको पहिरोले उच्च जोखिममा परेका घरधुरीका महत्वपूर्ण सामान बाहिर निकालिएको र उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको वडा अध्यक्ष थकप्रसाद पाईजाले जानकारी दिनुभयो । चार घरका १५ जनालाई गाउँमा खाली रहेका अन्य घरमा सारिएको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयबासीको सहयोगमा उनीहरुलाई स्थानान्तरण गरिएको थियो ।

पहिरोले ढिँकी जाँतो सहितको समाजघर बगाएको छ । त्यसैगरि स्थानीय नरसिंह गर्वुजाको १२ वटा बाख्रा सहितको गोठ र र डेकबहादुर पहरे पुनको गोठ समेत पुरेको वडा अध्यक्ष पाईजाले जानकारी दिनुभयो । नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पूर्ण रुपमा क्षति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार