चिमखोलाको गौडामुनीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलाको गौडामुनीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गौडामुनी देखि राहुघाट मंगले जलविद्युत आयोजनाको तेस्रो अडिटको सुरुङतर्फ जादै गरेको ग १ त ७२४१ नम्बरको ट्याक्टर बिहिबार राती सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

जिप्रका म्याग्दीका  सुचना अधिकारी  प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार, रामेछापको मन्थली नगरपालिका–१३ ,का ३९ वर्षीय तेजबहादुर पाण्डेको घटनास्थलमा मृत्यु भएको हो । पाण्डे दुर्घटना भएको ट्याक्टरका सहचालक भएका उहाँले बताउनुभयो । ट्याक्टरका चालक बाराको कलैयामाई नगरपालिका–८, का ५२ वर्षीय छोटुलाल भगतमालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई परिक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । दुर्घटना भएको ट्याक्टर टुण्डी हाइड्रोपावर प्रर्वद्धक रहेको राहुघाट मंगले जलविद्युत आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनले प्रयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार