नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका अध्यक्षमा पुनः अनुप गौचन

  म्याग्दी न्युज संवाददाता

दरबाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको तेस्रो पालिका अधिवेशन दरबाङमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट गाउँपालिका कमिटी अध्यक्षमा अनुप गौचन निर्विरोध निर्वाचित हुनुभएको छ । गौचन यसअघि पनि कमिटी अध्यक्ष हुनुहुन्थ्यो ।

उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र हर्कलाल दर्जी ,सचिवमा लाल बहादुर घताने, सह सचिवमा दल बहादुर खड्काथोकी, कोषाध्यक्षमा मनरुपा घर्ती मगर सहित ५५ सदस्य कार्यसमिती गठन गरिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज हरि अधिकारीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

 

सहइन्चार्ज अधिकारी सहित माओवादी केन्द्र गण्डकी प्रदेश सहसचिव टेक बहादुर बिक, पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य सांसद रेशमबहादुर जुग्जाली, नेताहरू अर्जुन थापा, यमन रोका लगायतले पार्टी संगठनलाई थप बलियो बनाउदै लजानुपर्नेमा जोड दिनुभयो । मालिका इन्चार्ज गौरी सेन्चुरीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचीव लालबहादुर घतानेले गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार