लुलाङमा ट्याक्टर दुर्घटना

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको नकटेडाँडा भन्ने ठाउँमा ग ७१ त ९० नम्बरको ट्याक्टर दुर्घटना भएको छ । नकटेडाँडाबाट लुलाङ गाउँ आउने क्रममा सडकबाट करिब २ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको छ । ट्याक्टरमा करिब आठ जना सवार रहेका र केहीको केहीको मृत्यु भएको छ ।भने केहीको अवस्था गम्भिर रहेको वडा अध्यक्ष अकप्रसाद बिकले जानकारी दिनुभयो ।

घाइते र मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा परेका अधिकांश स्थानीय रहेका छन् । घाइतेहरु केहीलाई उद्धार गरेर लुलाङ स्वास्थ्य चौकी ल्याएर उनिहरुको उपचार भइरहेको स्थानीय भक्त सिंकिजा मगरले जानकारी दिनुभयो । अहिले स्थानीय जनप्रतिनिधि ,स्थानीबासीले उद्धारको काम गरिरहेका छन् ।थप विवरण केही बेरमा उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार