हेमन्त कान्छा र देवी घर्तीको ‘जानै लाग्यो बैँस रिमई’(भिडिओ)

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीले नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ ल्याउनुभएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिनुभएको छ । चर्चित गायक तथा संगीतकार हेमन्त कान्छाको जन्मघर म्याग्दीको मालिका गाउँपालिका–४,मठ्ठडाँडा हो। सार्वजनिक भएको गीतमा राजकुमार बगरका शब्द रहेको गायक स्वयमकै सङ्गीत छ। गीतको भिडिओमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। सारंगी वादकको नामले समेत परिचित  हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुल्नुभएको छ।

भिडिओ हेर्नुहोस्…

गायक तथा संगीतकार हेमन्त कान्छा रसाइली युट्युव च्यानलमा सार्वजनिक म्युजिक भिडिओमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथा छ। एकिन्द्र शाराशंकरको निर्देशन रहेको भिडिओमा करण चैसियारको छायाङ्कन, प्रवीण भट्टको सम्पादन छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार