अबदेखि भरी सिलिण्डर ग्यास पाइने

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन ७.१ केजी क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गर्ने निर्णय गरेको छ । निगमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ मंसिर १९ गतेदेखि लागू भएको व्यवस्थाअनुसार अर्को निर्णय नभएसम्म ७.१ केजीको एलपी ग्यास सिलिन्डर भरी बिक्री–वितरण गरिने जनाएको छ ।

त्यसैगरी, भारतीय आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने लोडिङको अवस्थामा सुधार आएकाले २०८३ असार ३१ गतेदेखि देशभरि नै साविककै १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डर पुनः पूर्ण मूल्यमा बिक्री–वितरण गरिने निगमले जनाएको छ । १४.२ केजी ग्यास सिलिन्डरको मूल्य. मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको छ ।

निगमले केही समयका लागि ७.१ केजी र १४.२ केजी दुवै क्षमताका सिलिन्डर बजारमा उपलब्ध हुन सक्ने भएकाले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न उपभोक्तालाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार