सुर्खेत,मंगलबार जेठ १३ गते । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा मात्र संक्रमितको संख्या २३ पुगेको छ ।आज भेटिएका संक्रमितहरुमा ११ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
भारतबाट घर फर्किएकाहरुको प्रदेश अस्पतालमा रहेको प्रयोगशाला र पशुपंक्षी अन्वेषण रोग प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप १२ जनामा कोरोना पोजेटिभ भएको हो ।योसँगै सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ ।
यसअघि दैलेखका ८ जना र सुर्खेतका ३ गरी कर्णाली प्रदेशमा जम्मा ११ जना संक्रमित थिए । उनका अनुसार सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ९४ पुगेको छ ।