पाल्पा । तानसेनका जनप्रतिनिधिसहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका १९ जना र रम्भा गाउँपालिकाका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
तानसेनका संक्रमितहरु तानसेन बजार क्षेत्रका हुन् । जस अनुसार तानसेनको वडा नं. १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का १ जना, वडा नं. १० का ४ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना सङक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार वडा नम्बर ८ मा कोरोनाबाट मृत्यु भएकी महिलाको श्रीमान् समेत रहेका छन् । त्यस्तै रम्भाको वडा न. ३, ४ र ५ का पुरूषहरूमा कोरोना सङक्रमण देखिएको हो ।
तानसेन नगरभित्र पुष्टि भएकाहरुको ट्राभल हिष्ट्री नभएकाले समुदायमा संक्रमण फैलिएको अनुमान गरिएको छ ।पाल्पामा संक्रमितको संख्या ६ सय ४२ पुगेको छ । जसमध्ये पाल्पामा ५ सय ७० जना कोरोना संक्रमणबाट निको भैसकेका छन ।कोरोना संक्रमणबाट पाल्पामा दुई जनाको ज्यान गैसकेको छ । नागरिक खबरबाट साभार