१५ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित दशगजा क्षेत्रबाट १५ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका २ महादेवपट्टी स्थित दशगजा क्षेत्रमा भारतबाट आउँदै गरेका पैदलयात्रीको साथबाट उक्त रकम फेला परेका हो ।

पक्राउ पर्नेमा भारतको सीतामढी बैरगनिया थाना क्षेत्रबन्तरगत असोगी–५ बस्ने वर्ष २० का राजुकुमार कांहारलाई रहेका छन् । शंका लागि चेक जाँच गर्दा कांहारले घुँडामाथि रबडको सहायताले लुकाएर ल्याउन लागेको श्रोत नखुलेको नेपाली १५ लाख बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताएका छन् ।

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार