देशभर थप ५०२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ छ। यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार