कोरोना संक्रमणबाट महात्मा गान्धीका पनातीको मृत्यु

काठमाडौं । संसारभरी हालसम्म ५.८९ करोड बढी व्यक्ति कोरोनाको संक्रमणमा आइसकेका छन् । यीमध्ये ४.०७ करोड व्यक्ति निकोसमेत भइसकेका छन् जबकी १३.९३ लाख व्यक्तिको ज्यान गइसकेको छ । हाल १.६८ करोड सक्रिय बिरामी छन् । यो आँकडा वर्ल्डोमिटर्सको आँकडा अनुसार हो ।

दक्षिण अफ्रिकाः महात्मा गान्धीका पनातीको कोरोनका कारण निधन

दक्षिण अफ्रिकामा बस्ने महात्मा गान्धीका पनाती सतिश धुपेलियाको कोभिड–१९ संक्रमणका कारण ज्यान गएको छ । सतिशले तीन दिन अघि मात्रै आफ्नो ६६ औं जन्मदिन मनाएका थिए । उनी जोहानेसबर्गमा बस्दथे । उनकी बहिनी उमा धुपेलियाले भाइको मृत्युको पुष्टि गरेकी हुन् ।

जानकारीका अनुसार सतिशलाई करिब एक महिना अघि निमोनियाका कारण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै रहँदा उनलाई कोरोनाको संक्रमण भयो । उपचारको क्रममा उनको स्वास्थ्य स्थिती बिग्रँदै गयो । आइतबार उनले अन्तिम सास फेरे । सतिश चर्चित फोटो पत्रकार हुन् । एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार