काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन र मध्यावघि चुनाव घोषणाको विरुद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेस भएका छन् ।
आइतबार र सोमबार गरि ८ वटा रिट दर्ताका लागि आइपुगेको सर्वोच्च अदालतले एक अधिकारीले जानकारी दिए । सर्वोच्च आदालतको मुघा शाखामा दर्ताका लागि ८ वटा रिट आइपुगेको छ । जसमध्ये ५ वटा रिटको अध्ययन सकिएको र बाँकी ३ रिटमाथि अध्ययन भइरहेको सर्वोच्चका अधिकारीले जानकारी दिए ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरी वैशाख १६ र २७ गतेका लागि निर्वाचनको मिति तोकेकी थिइन् । नागरिक खबरबाट साभार