काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कलंकीका आषिश खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका उनले बोकेको ह्याण्ड ब्याग चेकजाँच गर्दा स्रोत नखुलेको तथा भन्सार उद्घोष नभएको १० लाख रुपैयाँ फेला परेको प्रहरीको भनाइ छ ।उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ । रातोपाटीबाट