२४ जना क्षयरोगका विरामी

म्याग्दी । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जना उपचार पछि निको भएका छन् ।गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसमध्ये ४३ जना उपचार पछि निको भएका थिए ।

गतबर्षकोे तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ । वुधबार विश्व क्षरोग दिवसको अवसरमा बेनीमा आयोजना गरिएको पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लाम्सालले क्षय रोगको अवस्थाबारे जानकारी गराउनुभएको थियो । लाम्सालका अनुसार, जिल्लाको बेनी नगरपालिकामा ११ जना, धौलागिरीमा एक जना, अन्नपूर्णमा २ जना, मंगलामा ४ जना र मालिकामा ४ जना रहेका छन् भने रघुगंगामा क्षयरोगका बिरामी शून्य रहेको स्वास्थ्य कार्यालले जनाएको छ ।

कार्यपछिल्लो समय स्वास्थ्यकर्मीले समाजमा क्षयरोगसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेसँगै रोगी पत्ता लाग्नेदर बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। जितेन्द्र कंडेलले क्षयरोगको औषधी निशुल्क रुपमा पाईने र उपचार सम्भव हुने भएकाले लक्षण देखिएमा स्वास्थ्यसंस्थाहरुमा आउनुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि खोकी लाग्ने, साँझपख ज्वरो आउने, तौल घट्दै जाने र खकारमा रगत देखिनु क्षयरोगको लक्षण भएकाले समयमै स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गराउनुपर्ने डाक्टर कँडेलको भनाई थियो ।

 

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनगणना कार्यालयका प्रमुख घनश्याम सापकोटा मन्तव्य राख्नुभएको थियो भने परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । यस बर्ष ‘ संकेत समयको,क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार