२५ जनाभन्दा बढी भेला रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । आज बस्ने कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का लागि मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने सिफारिस गरेको हो ।

जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक्नुपर्ने निष्कर्ष स्वास्थ्य मन्त्रालयको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको महामारी फैलिएको र त्यसको प्रभाव नेपालमा पनि देखिएको भन्दै स्वास्थ्य सचेतना जरुरी रहेको भन्दै भेला रोक्नुपर्ने निष्कर्ष मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सीसीएमसीमा सिफारि पठाएको जानकारी दिएका छन् । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार