काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने बैठकमा सहभागी एक जिल्ला अधिकारीले जानकारी दिए ।
“कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न निषेधाज्ञा जारी गर्ने निर्णयमा पुगेका हौँ,” उनले भने,“अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहनेछ ।” नागरिक खबरबाट