काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला अर्घाखाँचीबाट फर्के लगतै उहाँलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उहाँलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको रायमाझी सचिवालय जनाएको छ । लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उहाँलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार गराई रहेका छन् । नागरिक खबरबाट