पोखरा । गण्डकीमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का ८३ वर्षीय पुरुष छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै मंगलबार मृत्यु गोरखा, पालुङटार ५ का ६७ वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नागरिक खबरबाट