पर्सामा कोरोनाबाट थप २ जनाको मृत्यु

पर्सा । कोरोना संक्रमणका कारण पर्सामा थप २ जनाको मृत्यु भएको छ । सर्लाहीका एक पुरुष र बाराकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

सर्लाही वडा नम्बर ४ स्थित धनगढा बस्ने ४३ बर्षीय पुरूषको बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो । ती पुरुषलाई मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै, बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बैशाख १३ गते भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको उपचारको क्रममा मध्यरातमा मृत्यु भएको डा. दासले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार