मुस्ताङ । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका(४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।
बिहीबार साँझ उपचारका लागि अस्पतालमा भर्ना गरिएकामा उनको रातिनै मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मनोज घिमिरेका अनुसार एन्टिजेन परीक्षण गर्दा ती वृद्धाको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोनामुक्त रहेको मुस्ताङमा पछिल्लो हप्तायता संक्रमित भेटिन थालेका छन् । मुस्ताङमा अहिले ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । नागरिक खबरबाट