म्याग्दी। म्याग्दीमा थप २९ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार सम्म जिल्लामा ७३ जना सक्रिय कोरोना संक्रमित रहेकोमा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
कोरोनाको लक्षण देखिएका ४२ जनाको बेनी अस्पताल परिसरमा संकलन गरिएको स्वाब परिक्षणको क्रममा २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, संक्रमितमध्ये बेनी नगरपालिकामा सबैभन्दा धेरै १७ जना रहेका छन् । त्यसैगरि मंगला, रघुगंगा र मालिका गाउँपालिकामा १÷१ जना, धवलागिरि गाउँपालिकामा ४ जना र अन्य जिल्लाका ५ जना रहेका छन् । म्याग्दीमा हालसम्म कोरोना संक्रमितको सख्ंया ३४९ पुगेको छ ।