पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ। प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो।
यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि भएको हो। मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने पनि संक्रमित भएर ४ दिनदेखि एकान्तवास (आइसोलेसन)मा छन्। मुख्यमन्त्री पनि अहिले आफ्नै निवासको एकान्तवास (आइसोलेसन) मा छन्।
मुख्यमन्त्रीविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्ताव छलफल गर्नुअघि सांसदहरु सबैको कोरोना परीक्षण भएको थियो। त्यसमध्ये सुरुमा ३ जनाको पोजेटिभ आएको थियो । annapurnapostबाट