बेनी ।म्याग्दीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का ५८ बर्षिय एक पुरुषको वैशाख २४ गते बेलुका ६ :१५ बजेको समयमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुषमा १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दी सहित गण्डकी प्रदेशमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।