गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजिनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले राजिनामा प्रदेश प्रमुख सिता कुमारी पौडेललाई बुझाउनुभएको छ ।

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो। उहाँ विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार