पर्सामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

पर्सा । पर्सामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंज स्थित अस्पतालमा उपचाररत पर्साका ३ र बाराका १ गरी ४ जनाको मृत्यु भएको हो । बीरगंज स्थित नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेलस्थित अस्थायी कोभिड अस्पतालमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ स्थित धरमपुर निवासी एक बृद्धको मृत्यु भएको छ भने एक साता पूर्व अस्पतालमा भर्ना भएका ८० वर्षीय वृद्धको उपचारको क्रममा ज्यान गएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमेन्द्र साहले जानकारी दिनुभयो ।

त्यस्तै वीरगंजको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका वडा नम्बर २६ स्थित सुगौली टोल बस्ने ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।संक्रमणका कारण नारायणी अस्पतालमा उपचार गराइरहकी ती महिलाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।

त्यसैगरी बीरगंज महानगरपालिका वडा नम्बर ५ मा बस्ने ५८ वर्षीया महिलाको पनि बिहान नारायणी अस्पतालमै मृत्यु भएको छ ।अस्पतालमा उपचारको लागि गत वैशाख २० गते भर्ना भएकी थिइन् । ती महिला भर्ना भएको भोलिपल्ट गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै सोही अस्पतालमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित इनर्वा बस्डिल्वा बस्ने ३५ वर्षीय युवकको पनि मृत्यु भएको छ । गत वैशाख २८ गते उनको अस्पतालमा भर्ना गरिएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार