काठमाडौं । कोरोना संक्रमण भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छिन् । उनी उमेरले ९१ वर्ष पुगेकी छिन् ।
दुई साता अघि उनलाई कोरोना संक्रमण देखिएपछि उनी महानगरले चलाएको कोभिड अस्पतलामा उपचार गराएका थिइन् । उनको बुधबार स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
उनी १३ दिनपछि अस्पतालबाट निस्किएकी हुन् । उनी अविवाहित हुन् । आफ्नौ घर नभएको उनी आफन्तसँग बस्दै आएकी छिन् । नागरिक खबरबाट