काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) विरुद्धको पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।
हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।५१४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् । हालसम्म संक्रमणमुक्त भएर ७ हजार ७१४ जना काममा फर्किसकेका छन् ।
संक्रमणबाट हालसम्म १० जना प्रहरीले ज्यान गुमाएका छन् । प्रहरीमा १५ हजार ३४८ जनाले दोस्रो चरणको खोप लिइसकेका छन् । नागरिक खबरबाट