ओली समूहका सांसदलाई माग्यो एमालेले स्पष्टीकरण

धनगढी । नेकपा एमालेको विवाद सबै तहमा छ । एमाले सुदूरपश्चिम कमिटीमा पनि एकअर्कामा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने प्रतिस्पर्धा नै चलेको छ ।

एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । ओली समूहका सांसद बोहरालाई एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण मागेका हुन् ।

बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार