नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् ।

बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’ लुम्बिनी प्रदेशमा राप्रपाका राणासहित दुई जना जनप्रतिनिधि रहेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार