संवैधानिक इजलासबाट न्यायाधीश केसी र श्रेष्ठद्वारा अलग हुन अस्वीकार

काठमाडौँ । संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले अलग हुन अस्वीकार गरेका छन् । केही वकीलहरुले उनीहरु इजलासबाट अलग हुनुपर्ने अडान लिँदै आएको बेला उनीहरुले इजलासमा अलग नहुने राय दिनुभएको हो ।

यही विषयमा मंगलबार इजलासमा छलफल हुँदा न्यायाधीश श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने कारण नदेखेको बताउनुभयो । ‘नेकपा विभाजनको पुनरावलोकन निस्सा नदिने मुद्दा र यो मुद्दामा सम्बन्ध देखिँदैन । मैले अलग हुनुपर्ने आधार र कारण देखिँन । अलग हुनुपर्ने आर्थिक कारण पनि छैन’, केसीको भनाइ थियो ।

बमकुमारले भने नाम सम्बन्धी विवादको मुद्दा र यो फरक विषय भएकाले इजलास नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो मुद्दासँग नेकपाको नामसम्बन्धी मुद्दाको सरोकार रहँदैन । मुलुकी देवानी संहिता अनुसार यस इजलासबाट बाहिर हुन्न’, उहाँले भन्नुभयो।ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार