अभिनेता अग्रहरिद्धारा अस्पताललाई ३० थान अक्सिजन सहयोग

काठमाडौँ। अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गर्नुभएको छ । उहाँले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उहाँले उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई दिनुभएको छ ।‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् ।

यस्तो बेला केही राहत होस् भनेर आफुले सकेको सहयोग दिएको हो’ अग्रहरिले भन्नुभयो ‘आगामी दिनमा सकेको सहयोग गर्छु ।’ अग्रहरिले सक्नेलाई सहयोगमा जुट्न समेत आग्रह गर्नुभएको छ । यस अघि राज घिमिरे, पल शाह, पुष्प खड्का लगायत कलाकारले पनि अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गर्नुभएको थियो ।

अग्रहरि फिल्म पर्दामा हिरो र भिलेन दुबै भुमिकामा देखिने कलाकार हुनुहुन्छ । ‘कथा काठमाण्डू’ फिल्ममा उनले प्रियंका कार्कीसँग दिएको अन्तरंग दृश्य निकै चर्चित भएको थियो । ‘कथा काठमाण्डू’को अलवा उहाँले उमा, सुन्तली, संरक्षण, जाइरा, जस्ता फिल्ममा अभिनय गर्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार