आगलागीमा परी एकै घरका तीनजना घाइते

पाँचथर । गएराति भएको आगलागीमा परी एकै घरका तीन जना घाइते भएका छन् ।पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् ।

खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा तनमायाको शरीरका विभिन्न भाग जलेका छन् ।

यस्तै दीननाथको बायाँ हात र खुट्टा तथा मदनको दायाँ हात र पेट जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

घाइतेलाई जिल्ला अस्पताल फिदिम भर्ना गरिएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीयवासीले समयमै नियन्त्रणमा लिँदा अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार