कोरोना संक्रमणबाट पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको निधन

पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।

रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उहाँको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पत्रकार बाँस्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुनुहुन्थ्यो । उहाँ आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुनुहुन्थ्यो । पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित हुनुभएको थियो ।

बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेमोरियलमा​ उपचार भइरहेका थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।कास्कीको पुरन्चौरमा जन्मिनुभएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार