जसपा अध्यक्ष ठाकुरद्धारा कार्यकारिणी समितिमा आफूनिकट १७ जनालाई मनोनीत

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जनालाई मनोनीत गरेका छन् ।

कार्यकारिणी समितिमा आफ्नो पक्षमा बहुमत जुटाउन मनोनीत गरेको सबैजना ठाकुर र राजेन्द्र महतो निकट रहेका छन् । जसमध्ये ठाकुरनिकट ११ जना र महतोनिकट ७ जना रहेको जसपाका एक नेताले बताउनुभयो । जेठको पहिलो साता नै ठाकुरले आफ्नो पक्षका सदस्य थपेको उहाँले बताउनुभयो ।

ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवनिकट कार्यकारिणी सदस्यलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेताहरुलाई कार्यकारिणी समितिमा राखेको एक नेताले बताउनुभयो । यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका यादवले कार्यकारिणी समितीको बैठक बोलाउनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार