एमालेले देशैभरी सदस्यता नविकरण अभियान चलाउने

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नविकरण गर्न देशैभरीका कमिटीलाई निर्देशन दिएको छ । आज बिहान बसेको स्थायी कमिटीको बैठकले सदस्यता नवीकरणका लागि निर्देशन दिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता प्रदिप ज्ञवालीले आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोरोना महामारी, दैवी विपत्ती लगायतका बिषयमा संक्षिप्त तर गहन छलफल भएको बताउनुभयो । आगामी १६ गते यिनै बिषयमा बृहत्त छलफल गरेर थप निर्णय हुने ज्ञवालीले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार