ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताउनुभएको छ।

मंगलबार राष्ट्रिय धान दिवसको उपलक्ष्यमा भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुकलाई केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताउनुभएको हो।

‘प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गएका केही वर्ष मुलुकले नयाँ दिशा, नयाँ उचाई र नयाँ एउटा गति प्राप्त गर्‍यो,’ उहाँले भन्नुभयो, ‘कुनै बेला हिंसाको यस्तो बिगबिगी थियो।’कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था रहेको बताउनुभयो।

‘आफ्नै घरबाट कोही मान्छेलाई अपहरण गरेर हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी दिन नसक्ने र चन्दाको धम्की दिइयो भने आफैँ पोको पारेर चन्दा लगेर बुझाइदिने र कसैले मागेन भने म त ब्ल्याक लिस्टमा पो परेछु क्यार भन्ने एक खालको एउटा डरलाग्दो अवस्था थियो,’ उहाँले भन्नुभयो।

तर प्रधानमन्त्री ओली सरकारले त्यस विरूद्ध लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ति प्रक्रियामा ल्याएको ज्ञवालीले बताउनुभयो। त्यो हिंसाको विरूद्धमा लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ती प्रकृयामा ल्याउने एउटा त्यो धार त्यो लेगेसी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामीले स्थापित गर्‍यौं,’ ज्ञवालीले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार