काठमाडौं । राष्ट्रियसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छन् । नेकपा एमाले राष्ट्रियसभा प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन । ‘असारको २० वा २१ गते हुन सक्छ’ उहाँले भन्नुभयो ।
राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बतोनुभएको थियो ।
राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उहाँले संसदमा सम्बोधन गर्नुभएका छैनन् । नागरिक खबरबाट


























