तनहुँमा दुईजना फरार प्रतिवादी पक्राउ

तनहुँ । तनहुँ प्रहरीले दुई फरार प्रतिवादी पक्राउ गरेको छ । अभद्र व्यवहार र लागुऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ परेका हुन् ।

अभद्र व्यवहार मुद्धामा अदालतबाट सजाय तोकिएकोमा फरार रहेका शुक्लागण्डकी–४ दुलेगौडा का २५ वर्षीय निनो श्रेष्ठ पक्राउ परेको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । अदालतले श्रेष्ठलाई २०७७ चैत २६ गते र २०७६ पुस २१ गते अभद्र व्यवहार र विविध मुद्धामा २ महिना १३ दिन कैद सहित १८ हजार रुपैयाँ जरीवानाको तोकिएको थियो । त्यस यता उनी फरार थिए ।

त्यस्तै, लागुऔषध मुद्धामा कैद तोकिएका शुक्लागण्डकी–८ ढोरफिर्दीका ३४ वर्षीय तिलक भन्ने तिलबहादुर विक पक्राउ परेका छन् । उनलाई अदालतले २०७५ चैत २५ गते ३ दिन कैद र दुई हजार रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो । पक्राउ परेका दुवैलाई कारवाहीका लागि अदालत पेश गरिएको तिमिल्सनाले बताउनुभयो । dhorpatannewsबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार