
काठमाडौँ । नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी छाडेर एमालेमा गएका नेताहरूले आज आयोग पुगेर उक्त निवेदन दिएका हुन्।
उनीहरूले निवेदनमा माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका छन्। ‘संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर निवेदन पेश भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भन्नुभयो।
उहाँले निवेदनमाथि सचिवालयमा अध्ययन हुने र व्यहोरासहित आयोगमा पेश गरेर निर्णय हुने बताउनुभयो। माओवादी छाडेर एमाले गएका रामबहादुर थापा बादलनिकट नेताहरूले माओवादी केन्द्रको दर्ता खारेज गर्न निवेदन दिनुभएको छ। माओवादीले लामो समयदेखि महाधिवेशन नगरेकोले उक्त पार्टीको दर्ता खारेज गर्न उनीहरूको माग छ। सेतोपाटीबाट