चेम्बर अफ कमर्स गण्डकी प्रदेशमा नयाँ समिति, सदस्यमा म्याग्दीका रकाल

म्याग्दी । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिबेशनले किसान सुनारको अध्यक्षता नयाँ कार्यसमिति चयन भएको छ । गण्डकी प्रदेश समितिकोे सदस्यमा म्याग्दीका भरत बहादुर रकाल चयन भएका छन् ।

गण्डकीमा किसान सुनारको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।जसको उपाध्यक्ष श्री बहादुर गुरुङ ,महासचिव– देवराज शर्मा र सचिवमा सारङ्गी न्युज कर्मी विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल चयन भएको चयन भएको समितिले जनाएको छ ।

सदस्यहरुमा क्रमशः विजय हिराचन, भरत बहादुर रकाल,महेन्द्र मोहन भट्टराई, ज्ञानु अधिकारी, टीका गुरुङ, प्रकाश न्यौपाने, गंगा श्रेष्ठ, तारानाथ ढुङ्गाना विष्णु कुमारी गुरुङ, युवराज खतिवडा र अरुण गिरी चयन भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स जिल्ला नगर उपाध्यक्ष दिपक श्रेष्ठ , बागमती प्रदेश चेम्बरका अध्यक्ष सिद्दी लाल श्रेष्ठ , केन्द्रिय सदस्य भाइ चन्द्र श्रेष्ठ , नन्द कुमारी लम्साल , लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टन्क पोख्रेल , गण्डकी प्रदेशका सम्पुर्ण जिल्ला , महानगर , नगरपालिका , गाउँ पालिका , वडा चेम्बरका अध्यक्ष एबम प्रतिनिधिको उपस्थिति थियो ।

सो अवसरमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले सम्पुर्ण सहाभागी प्रमुख अतिथि, बिशिस्ट अतिथि, बिशेष अतिथि, मुख्य प्रतिनिधि, प्रतिनिधिहरुलाई स्वागत गर्दै प्रदेशको प्रगती प्रतिवेदन ,बर्तमान बस्तुस्थिती , आर्थिक अवस्था, प्रदेशले निर्वाह गरेको सामाजिक उत्तरदायित्व बिषयमा प्रकाश पार्दै प्रदेशले कोभिड द्वारा प्रभावित ब्यबसाय पुनर्स्थापनाको लागि सरोकारवाला निकाय सङ समन्वय गन बताए । कार्यक्रमको सहजीकरण पर्बत चेम्बरका अध्यक्ष देबराज शर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार