काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्थायी कमिटी बैठक बोलाएका छन् ।
कार्यालय सचिव शेरबहादुर तामाङले पूर्वमाओवादी केन्द्रका नेताहरुसहितको बैठक बोलाइएको जानकारी दिए । दिउसो ४ बजे स्थायी कमिटी बैठक बोलाइएको तामाङले बताए । नेकपा एमालेको कार्यदलको बैठक बिहान ९ बजेदेखि सिंहदरबारमा जारी । नागरिक खबरबाट


























