दाङ । मोटरसाइकलले ठक्करबाट गम्भीर घाइते ५ वर्षीय बालकको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका वडा नं.१ खिलतपुर चोक नजिकै असार २६ गते बेलुका साढे ७ बजेतिर रा ४ प १०२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय पारस लामिछाने गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि सोही मोटरसाइकलमा राखेर लामिछानेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो। तुलसीपुरमा उपचार सम्भव नभएपछि सोही दिन बेलुका साढे ८ बजेतिर लामिछानेलाई थप उपचारका लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो।
लामिछानेको उपचारका क्रममा मंगलबार राति १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्र रिजालले जानकारी दिनुभयो। प्रहरीले मोटरसाइकल चालक बबई गाउँपालिका ७ का २८ वर्षीय दीपक थापालाई नियन्त्रणमा लिएको छ। सेतोपाटीबाट