कैलालीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन भवनमा आगलागी

धनगढी । कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन एक भवनमा आगलागी भएको छ। बिहीबार बिहान टीकापुर नगरपालिका–८ खक्रौलास्थित निर्माणाधीन बिओपीको तीन कोठे भवनमा आगलागी भएको प्रहरीले जनाएको छ।

निर्माण सकिन लागेको भवनमा कसरी आगो लाग्यो ? भन्ने खुलेको छैन। कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आगलागीबाट भएको क्षतिको यकिन विवरण र कारण अहिले नखुलेको बताउनुभयो।

‘यसबारे सोधपुछ भइरहेको छ’, उहाँले भन्नुभयो। भन्सार कार्यालय सत्तीको जमिनमा अस्थायी रूपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदीपारि सो भवन निर्माण भइरहेको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार