काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण गर्दा ७ हजार ८७ गरी ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख २५ हजार ७ सय ६९ जनामा र एन्टिजेन विधिबाट ७२ हजार ८ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २ सय ९४ जना निको भएका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार २ सय १२ पुगेको छ भने ६ लाख ७७ हजार ३ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० जना रहेका छन् । जसमध्ये ३४ हजार ८ सय ३८ जना होम आइसोलेसनमा , ३ हजार ३ सय ४२ जना संस्थागत आइसोलेसनमा र ४ सय ४१ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ३७ जना आईसीयू र १ सय ८३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।