डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

काठमाडौँ । डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले मोरङको मिक्लाजुङस्थित टाँडीबाट पक्राउ गरेको छ । दुईवटा डाँका मुद्दामा अदालतले १५ वर्ष कैद सजाय हुने फैसला गरेको पदम विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

धनकुटा जिल्ला अदालतले २०६२ भदौमा उनलाई ६ वर्ष कैद र ४५ हजार जरिवाना तथा असोजमा ९ वर्ष कैद र १ लाख ५५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

पक्राउ पछि अदालतको अनुमति लिएर उनलाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ । अदालतले फैसला गरेको १६ वर्षसम्म उनी लुकिछिपी बसेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार