काठमाडौं । एसी जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी (पूर्व) देउचुली नगरपालिका-१२ का ४० वर्षीय चक्रपाणि भुसालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही नगरपालिका-२ स्थित सिजी फुड नेपाल प्रा.लि.मा कार्यरत् भुसाललाई एसी जडान गर्ने क्रममा बिहीबार बिहान ११ बजे करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनलाई नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारका क्रममा उनको मध्यान्ह सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सेतोपाटीबाट