काठमाडौं । अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा.सुरेन्द्र उप्रेती नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राज्यमन्त्री सरहको नियुक्ति दिएको हो ।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा.उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रुपमा कामगर्नुभएको थियो । जनार्दन शर्मा अर्थमन्त्री भएपछि उहाँले मन्त्रीको सल्लाहकारका रुपमा बाहिरबाट हेर्दै आउनुभएको थियो । श्वेतपत्र लेखन जस्ता काममा मन्त्रीलाई उनले सहयोग समेत गर्नुभएको थियो ।
उहाँले क्यालिफोर्नियास्थित टेट्राटेकको तर्फबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रुपमा पनि काम गर्नुभएको छ । जनार्दन शर्मा ऊर्जामन्त्री रहँदा बुढीगण्डकी जलविद्युत् आयोजना, नलसिंहगाड जस्ता ठुला परियोजनाहरुको अर्थविद्का रुपमा समेत काम गर्नुभएको छ । नागरिक खबरबाट