थपिए २४८२ कोरोना संक्रमित, ४४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ६२ जना र ५ हजार ५ सय ७९ एन्टिजेन परीक्षण गर्दा ६ सय २० गरी २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ५२ हजार ८ सय ६३ जनामा र एन्टिजेन विधिबाट ८१ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ८१ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ भने ७ लाख ३ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ८७ जना रहेका छन् । जसमध्ये ३५ हजार २ सय ५० जना होम आइसोलेसनमा , ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा र ३ सय ९६ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय १० जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार