काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्यामा तथ्यनजिक पुगेको बताउनुभएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्तको हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताउनुभएके हो ।
अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको उहाँको भनाई छ । ‘निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक सरकार पुगेको छ। अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अपराधी भाग्न सक्ने भएकाले पनि अनुसन्धान को अवस्था बाहिर नल्याइएको होु गृहमन्त्री खाँडले भन्नुभयो, ‘प्राप्त सूचना हेर्दा सत्य तथ्य छिट्टै पत्ता लाग्छ।’
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर उनको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। २०७५ साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको थियो । नागरिक खबरबाट