काठमाडौँ । नेपाली कांग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनमा विवाद भएपछि मतपत्र जलाइएको छ । राइनास नगरपालिका अधिवेशनको क्रममा मतपत्रमा सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदान संकेत गर्ने ठाउँ ने नराखेको पाइएपछि विवाद सुरु भएको थियो ।
उक्त मतपत्र पौडेलका कार्यकर्ताले जलाइदिएका छन् । अहिले राइनासमा मतदान स्थगित भएको छ । योजनबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको बताइएको छ ।
कानुनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि आफूलाई हराउन योजनाबद्ध षड्यन्त्र गरेको पौडेलको आरोप छ । अर्को सूचना जारी नभएसम्म मतदान प्रकृया अनिस्चितकालको लागि स्थगित भएको छ । नागरिक खबरबाट